५८ प्रहरी निरीक्षकको बढुवा

काठमाडौं : नेपाल प्रहरीका ५८ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवा गरिएको छ । बढुवा हुनेमा ४ जना प्राविधिकतर्फका छन् ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको सिफारिसअनुसार आइतबार प्रहरी निरीक्षकहरूको बढुवा गरिएको हो । स्रोतका अनुसार बढुवा हुने अधिकांश प्रहरी निरीक्षक ५८ का ब्याची छन् । ५६ र ५७ मा बढुवा हुन नसकेका प्रहरी निरीक्षक पनि यसैपटक बढुवा गरिएको छ । (सौस)

प्रतिक्रिया