तनहुँमा चाउचाउ र अण्डा खाँदा मृत्यु

Chauchauतनहुँ, १३ फागुन । तनहुँ जिल्लामा चाउचाउ र अण्डा पकाएर खाएलगत्तै एक जनाको मृत्यु भएको छ भने अर्की एक छात्रा असक्त भएकी छन् ।
शनिबार चाउचाउ र अण्डा खाँदा अचानक बान्ता गरेर बेहोस भएका दुलेगौडा–२ का ४५ बर्षीय नरबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । चाउचाउ र अण्डा खाएकी उनकी १६ बर्षीया छोरी प्रगती पुन असक्त भएकी छन् । उनको पोखरामा आइसियुमा उपचार भईरहेको छ ।
बाबु र छोरीले चाउचाउ र अण्डा खाए लगत्तै बान्ता गरेका थिए । बान्ता लगत्तै बोहोस दुवै जनालाई गण्डकी अंचल अस्पताल पोखरा लगिएको थियो ।

प्रतिक्रिया