जाजरकोटमा रेडपाण्डाको गणना कार्य सुरु

Redpandaजाजरकोट, १३ फागुन । जाजरकोटको उत्तरी क्षेत्रमा रहेका विश्वकै दुर्लभ जन्तु रेडपाण्डाको औपचारिक गणना कार्य सुरु भएको छ ।
स्थानीय वारेकोट पर्यावरण तथा एकीकृत विकास अभियानले रेडपाण्डाको गणना सुरु गरेको हो । गणनाका लागि अभियानले युवा विशेषज्ञ अर्जुन थापा र दीपक चन्दलाई परिचालन गरेको छ ।
रेडपाण्डा नायकवाडा, पैंक, रोकायगाउँ, सक्लालगायत ९ गाविसमा फेला परेका छन् । गणनाका लागि जिल्ला विकास समिति र सम्बन्धित गाविसहरुले सघाएको अभियानका अध्यक्ष श्रमवहादुर सिंहले बताए । नायकवाडा गाविसका विभिन्न जंगलमा रहेका रेडपाण्डाबाट गणना सुरु गरिनेछ ।
हालको मौसम भालेपोथीको प्रणयको समय भएकाले रेडपाण्डा गणना गर्न सहज हुने सहायक विशेषज्ञ दीपक चन्दले जानकारी दिए ।
रेडपाण्डा गणनाका लागि टोली आइतवार बिहान सम्बन्धित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

प्रतिक्रिया