लुटेराको आक्रमणबाट श्रीमान श्रीमति घाइते

Rolpa Districtरोल्पा, १२ फागुन । घरमा चोरी गर्न आएका लुटेराहरुको प्रतिकार गर्दा श्रीमान श्रीमति दुबै गम्भिर घाईते भएका छन् ।
रोल्पाको राङकोट–२ पोखराधारा निबासी खर्कबहादुर बि.क.को घरमा गएराती चोरी गर्न आएका नकावधारीको प्रतिकार गर्दा बि.क.संगै उनकी श्रीमति पनि गंभिर घाईते भएको प्रहरीले जनाएको छ । राति करिब ११ बजेतिर पाँच÷सात जनाको संख्यामा आएका लुटेराहरुले २० हजार नगद र सुनको तीन जोडी मारबारी चोरी भएको परिवारले जनाएको छ । घटना लगत्तै इरिबाङ र घर्तीगाउँबाट प्रहरी टोली घटनास्थलमा पुगेपनि लुटेराहरु भने फरार भैसकेका थिए । प्रहरीले घटनास्थलबाट एक थान रेम्बो र एक थान पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार घाईते खर्क बि.क.लाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया