६ वर्षीया बालिका बलात्कृत

उदयपुर, १२ फागुन । जोगिदह–३ मा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । छिमेकी युवकबाट उनी बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गाईघाटबाट ७ किलोमिटरपूर्व जोगिदह–३ का ३० वर्षीय दयाराम चौधरीले छिमेकका ६ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । चौधरीले बालिकालाई घरनजिकैको जंगलमा लगेर ललाइफकाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीकृष्ण पौडेलले जानकारी दिए । चौधरीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा जिम्मा लगाएका हुन् ।

प्रतिक्रिया