माडी महोत्सवको तयारी

चितवन : चितवन माडीमा  पहिलोपटक आयोजना हुन लागेको  माडी महोत्सवको तयारी तीव्र पारिएको छ । ‘माडीको विकास हाम्रो अभियान, कृषि र पर्यटन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ १७ देखि २३ फागुनसम्म माडी मावि परिसरमा स्टल निर्माणको कार्यलाई तीव्र पारिएको छ ।

यसअघि महोत्सव स्थलसम्म पुग्नका लागि बाटो निर्माण पनि गरिसकिएको छ भने डुंगा सयरका लागि पोखरी पनि निर्माण भइसकेको छ । त्यसैगरी,  महोत्सव आयोजना हुने क्षेत्रलाई कम्पान्ड गर्ने काम पनि चलिरहेको छ । माडी महोत्सव सफल रूपमा सम्पन्न गर्न  तीन सय एक सदस्ययी मूल आयोजक समिति तथा विभिन्न ३८ वटा उपसमिति गठन गरी कार्य विभाजन गरिएको छ । महोत्सवमा ३ विशेष स्टलसहित १ सय ७५ वटा स्टल रहने आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया