ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु

Humlaहुम्ला, १० फागुन । हुम्ला जिल्लामा घर पोत्ने माटो खन्ने क्रममा आज विहान ढिस्कोले पुरिए एक जना महिलाको मृत्यु भएको छ ।
माटोको ढिस्कोले पुरिएर तीन जना महिला घाईते भएका छन् । माटोको ढिस्कोले पुरिएर श्रीनगर–३ कि ३२ वर्षीया केशरी सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका तीन जना महिला गम्भीर घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र श्रीनगरमा उपचार भईरहेको छ ।
विहान करीव सवा आठ बजे नजिकै जङ्गलमा घर पोत्ने माटो खत्रे क्रममा उनीहरु माटोको ढिस्कोमा परेका थिए ।
उता, भोजपुरमा चट्याङ लागेर बुधबार बेलुका एक जना बृद्धाको मृत्यु भएको छ । सिद्धेश्वर–४ का ६९ बर्षीय दुर्गा बहादुर राउतको चट्याङ लागेर मृत्यु भएको हो । उनलाई आफ्नै घरमा परेको चट्याङ लागेको थियो ।

प्रतिक्रिया