मिर्चैयामा माछापुच्छ्रे बैंक

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले सिराहाको मिर्चैयामा शाखा विस्तार गरेको छ । यो बैंकको ५१औँ शाखा हो । सो शाखाको आइतबार बैंक सञ्चालक डा.वीरेन्द्र महतोले एक समारोहका बीच उद्घाटन गरे । सो शाखाअन्तर्गत रहने गरी निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण सेवा र विदेशी मुद्राको कारोबार समेतको सुविधासहित कर्जन्वा, सिराहास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटल परिसरमा एक्स्टेन्सन काउन्टरसमेत सञ्चालनमा ल्याएको बंैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सञ्चालनमा आएको यो शाखाबाट बैंकले २४ घन्टा नै रकम झिक्न सकिने आºनै एटिएमको सुविधासमेत उपलब्ध गराएको छ । यसै क्रममा मिर्चैया क्षेत्रका ग्राहकलाई बैंकले उपलब्ध गराउने सुविधाको जानकारी गराउने उद्देश्यले घरदैलो कार्यक्रमअन्तर्गत घरमा पुगेर बैंकिङ सेवाको सुरुवात गरेको छ । आगामी दिनमा अन्य शाखामा समेत घरदैलो कार्यक्रममार्फत ग्राहकलाई सूचित गराई आºनो सेवा विस्तार गर्ने लक्ष्य बैंकले लिएको छ ।
दुई अर्ब ४७ करोड ८८ लाख रुपियाँ चुक्ता पुँजी रहेको यो बैंकले ५ फागुनसम्म २२ अर्ब ७५ करोड रुपियाँ निक्षेप परिचालन गरी १९ अर्ब ३६ करोड कर्जा प्रवाह गर्नुका साथै दुई अर्ब ट्रेजरी बिलमा लगानी गरेको छ । त्यसैगरी यो अवधिमा १३ करोड ५४ लाख सञ्चालन मुनाफा गरेको पनि बैंकले जनाएको छ । योसहित बैंकको कुल शाखा संख्या ५१ र एटिएमको संख्या ६२ पुगेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया