कृषि हाट सुरु

म्याग्दी : कृषि उपजको बजारीकरणका लागि म्याग्दी सदरमुकाम बेनीमा कृषि हाटबजार सञ्चालन भएको छ ।

प्रत्येक शनिबार सञ्चालन हुने गरी सदरमुकाम बेनीस्थित जिल्ला प्रहरी कार्यालय र खुलामञ्चको नजिकै रहेको बहुउद्देश्यीय मैदानमा करिब साढे एक वर्षअघि जिल्ला कृषि विकास कार्यालयको सात लाख रुपियाँको लागतमा निर्माण गरिएको कृषिउपज भवनमा हाटबजार सुरु गरिएको हो । हाटबजारमा किसानले आफूले उत्पादन गरेका कृषि उपजलाई प्रत्येक्ष उपभोक्तासामु किनबेच गर्नसक्ने व्यवस्था मिलाइएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीका वरिष्ठ बागबानी विकास अधिकृत वेदप्रकाश पौडेलले बताए । यसअघि तरकारी बिक्रीका लागि बजारमा बोकेर घुम्नुपर्ने र सस्तो मूल्यमा व्यवसायीलाई बिक्री गर्नुपर्ने समस्या थियो, पर्वत धाइरिङबाट हाटबजारमा तरकारी बिक्री गर्दै गरेका कृषक ठाकुरप्रसाद आर्चायले भने, ‘हाट बजार नियमित सञ्चालनमा आएमा कृषक र उपभोक्तालाई सहज हुने थियो ।’ (सौस)

प्रतिक्रिया