अध्यादेश फिर्ता नगर्न आग्रह

काठमाडौं : सरकारले स्वीकृतिका लागि पठाइएका अध्यादेश फिर्ता नपठाउन राष्ट्रपति डा. रामवरण यादवसमक्ष आग्रह गरेको छ ।
राष्ट्रपति कार्यालय अध्यादेश फिर्ता पठाउने तयारी गरेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार बिहान राष्ट्रपतिलाई भेटी यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यादेश फिर्ता पठाउने तयारी गरेका थिए । राष्ट्रपतिले यसबारे बुधबार अर्थमन्त्रीसँगको भेटमा ती दुई अध्यादेश स्वीकृत गर्न नसकिने संकेत गरेका थिए । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले अध्यादेश रोकिएको विषयमा जिज्ञासा राखेका थिए । उनले अध्यादेश लामो समयसम्म थन्किँदा सरकारी काममा असर परेको गुनासो गर्दै स्वीकृत गर्न आग्रह गरेका थिए । (सौस)

प्रतिक्रिया