“दबाब” मुहूर्तसँगै छायांकन सुरु

nita_dhunganaकाठमाडौ : चलचित्र ‘दबाब’को छायांकन सुरु भएको छ । सोमबार बालाजुस्थित चलचित्र विकास कम्पनीमा चलचित्रको शुभमुर्हूत गरी छायांकन सुरु गरिएको छ । दयाराम दाहालले निर्देशन गर्ने चलचित्र ‘दबाब’ नायक आर्यन सिग्देल र नायिका निता ढुंगानाले प्रेमीजोडीका रूपमा अभिनय गर्दैछन् । मुहूर्त कार्यक्रममा नायक आर्यन सिग्देलले उपस्थिति जनाएनन्, जसका कारण निता ढुंगानाले एक्लै मुहूर्त सर्ट दिँदै छोटो संवाद बोलिन् । कार्यक्रममा चलचित्रका युनिटले क्यामेरा पूजा गरेका थिए ।
चलचित्रमा आर्यन र निताका अलावा रवि गिरी, सुष्मा कार्कीलगायत कलाकारको अभिनय रहने छ । भानु महर्जनले निर्माण गर्न लागेको चलचित्रमा वसन्त सापकोटा र दीपक शर्माले संयुक्त रूपमा संगीत दिएका छन् । काठमाडौं, हेटौँडा, नारायगढ, वीरगञ्ज लगायतका रमणीय स्थानमा चलचित्रको छायांकन गर्ने योजनामा निर्माण समूह रहेको छ । सामाजिक प्रेम कथालाई मुख्य विषय बनाइएको चलचित्रमा द्वन्द्व राजेन्द्र खड्गी र छायांकन दिव्य सुवेदीको रहने भएको छ । (सौस)

प्रतिक्रिया