जलविद्युत बनाउन एनआरएनको एक अर्ब

काठमाडौं, २९ माघ । गैरआवासीय नेपालीहरुको संगठन एनआरएनले जलविद्युत आयोजना आयोजना निर्माणका लागि एक अर्ब रुपियाँ संकलन गरेको छ ।
सामूहिक लगानीका लागि एनआरएनले पाँच अर्व बराबरको एनआरएन इन्भेष्टमेन्ट कम्पनीमा रकम जम्मा भएको हो । नेपाल आर्थिक पत्रकार समाजका (सेजन) ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष कुल आचार्यले ७ सय ५३ जनाले एक अर्ब बराबर रकम संकलन गरेको जानकारी दिए ।
उनका अनुसार जलविद्युत योजनाको छनोट भने अन्तिम चरणमा पुगेको छ । ‘छिट्टै एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले जलविद्युत् आयोजनाको घोषणा गर्नेछ,’ उनले भने, ‘यसका लागि अहिले प्राविधिक टीम लागिरहेको छ ।’
एक सय मेगावाटको आयोजना बनाउने घोषणा गरेको एनआरएनले पहिलो चरणमा ४२ मेगावट बराबरको आयोजना बनाउन लागेको छ । एनआरएन यूकेका सल्लाहकार पशुपति भण्डारीले नेपालमा आफूहरु विभिन्न क्षेत्रमा लगानी गर्न तयार रहे पनि उपयुक्त वातावरण नभएको बताए ।
एनआरएन जापानका यमलाल ढकालले १ सय २१ जना एनआरएनले जापानबाट संयुक्त लगानी कोषमा लगानी गरेको जानकारी दिए ।

प्रतिक्रिया