हत्या अभियोगमा छिमेकीद्वारा घर घेराउ

Hatya 2कैलाली, २९ माघ । कञ्चनपुर जिल्लाको कालिका गाविसमा परिवार मिलेर विनिता शाहीको हत्या गरेको आरोपमा कारबाहीको मागसहित घर घेराउ गरेर पछि पति, सासु र नन्दलाई पक्राउ गरेको छ ।
कालिका–४, आइबीआरडीकी ३० बर्षीया विनिताले आइतबार राति विष सेवन गरेर आत्महत्या गरेको भन्दै परिवारले आज दाहसंस्कार गर्न लैजान खोजे पछि छिमेकीले हत्या भएको जनाएका हुन् ।
छिमेकीले घरमै विनिताको शव रोकेर प्रहरीलाई खबर गरेका थिए ।
छिमेकीको दवाव पछि कञ्चनपुर प्रहरीले विनिताका पति नरबहादुर शाही, सासु अमिता शाही र नन्द खगी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बृखबहादुर रावलले जानकारी दिए ।
विनिता र परिवारबीच आइतबार राति झगडा भएको प्रारम्भीक अनुसन्धानमा खुलेको रावलले बताए ।
मृतक विनिता नरबहादुरकि कान्छी पत्नि हुन् । विनिताकि पाँच वर्षीया एक छोरी पनि छन् ।

प्रतिक्रिया