चलचित्र नचल्नुमा चलचित्रकर्मी नै दोषी

filmaकाठमाडौं : नेपाली चलचित्र क्षेत्र दिन प्रतिदिन धराशयी बन्दै छ । यसरी खस्कँदै गएको चलचित्र क्षेत्रलाई कसरी उत्तम गर्ने भन्ने विषयमा बहस सुरु भएको छ । नेपाल चलचित्र संघले बिहीबार आफ्नै कार्यलयमा एक कार्यक्रम आयोजना गरी यस विषयमा बहस सुरु गरेको छ । बहस चलचित्रको उतम व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रीय थियो । बहसमा अधिकांश चलचित्र पत्रकारले चलचित्रकर्मीकै कारण चलचित्रक्षेत्र ओरालो लागेको बताए ।
अधिकांश रग पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा बोल्दै प्रकाश सुवेदीले पछिल्लो समय चलचित्र धारमा बाँडिएको बताए । उनले भने, ‘दर्शकहरू हुँदाहुँदै सिनेमा नचल्नुको कारण्ँ चलचित्र संघलाई नै पत्ता लागउन लगाए । त्यस्तै शान्तिप्रियले चलचित्र अनियन्त्रित रूपमा निर्माण भएकाले लगातार असफल भइरहेको प्रसंग अगाडि सारे । उनले चलचित्रको बजारको विषयमा सिधै दर्शकसँग अन्तरक्रिया गर्नुपर्ने बताए ।
प्रदीप निरौलाले नेपाली चलचित्रले राम्रो व्यापार नगर्नुमा चलचित्रकर्मी नै दोषी भएको बताए । एक आपसमा चलचित्र जुधाएर निर्माताहरू घाटामा गइरहेको उनको तर्क थियो । साथमा उनले नयाँ आउने निर्मातालाई चलचित्र सम्बद्ध संघसंस्थाले काउन्सिलिङको व्यवस्था गर्नुपर्ने बताए । त्यसैगरी, पत्रकार विदुर गिरीले फिल्मको विषयवस्तु र स्तरबाहेक फिल्मकर्मीको बाहिरी गतिविधि पनि आजको अवस्थाका लागि जिम्मेवार भएको टिप्पणी गरे ।
अनन्त वाग्ले, सुब्रत आचार्य, नरेश भट्टराईले समेत चलचित्रका विषयमा विचार राखेको कार्यक्रमबाट उठेका विषय चलचित्र संघको आगामी साधारण्ँसभामा छलफल हुने प्रदीपकुमार उदयले बताए । बहस करिब २ घन्टा चलेको थियो । (सौस)

प्रतिक्रिया