मेरो चलचित्र हेरेर आमा रुनु भयो

Mousami-Mallaएकल महिला म । मेरो परिवारका सदस्य तीन जना । ती तीन भित्र पर्दछन्, जन्म दिने आमा र दुई छोरा बिक्कि र विकल मल्ल । जेठो छोरो बिक्कि अहिले चलचित्र क्षेत्रमै छ । कान्छो विकलचाहिँ अध्ययनका लागि लन्डनमा गएको छ ।
परिवारमा आमा पनि हुनुहुन्छ । तैपनि म घर मुली नै हुँ । घरका सबै सदस्यले पनि मुलीकै रूपमा लिन्छन् । आमा अस्वस्थ भएको केही समय भयो । त्यो समयदेखि घरको नुन, तेलदेखि सबै हेर्न र पुर्‍याउने जिम्मेवारी सम्हाल्दै आएको छु । यस हिसाबले भन्ने हो भने मेरो काँधमा घरको ठूलो जिम्मेवारी छ । सुरुका समयमा आमाको पनि मेरो कलाकारिता प्रति सकारात्मक सोच थिएन । भन्नुहुन्थ्यो छोरी, बुहारी भएर चलचित्रमा अभिनय गर्नु हँुदैन । आमाको यी कुरामा मैले कहिल्यै वास्ता गरिनँ । लागि परेँ कलाकारितामा । सफलता पाउँदै गएपछि उहाँको सोचमा पनि परिवर्तन आयो । अहिले भन्ने हो भने उहाँ मेरो कलाकारिता प्रति एकदमै सकारात्मक हुनुहुन्छ । कहिलेकाहीँ त उहाँले मलाई फ्यानले भैँm प्रशंसा पनि गर्नुहुन्छ । परिवारमा मात्र होइन बाहिरबाट पनि मैले सपोर्टै पाएको छु । साथी हुन् या घरका, सबैको साथ मैले पाएको छु ।
आमा अहिले वृद्ध हुनुहुन्छ । बुढेसकालको लाठी भने पनि सहारा भने पनि मै हुँ । छोराहरूको त म बाहेक कोही छैन । एक अर्का सँग मज्जाले जोडिएका छौँ हामी । त्यसैले पनि होला उनीहरूले मेरो कलाकारितालाई इज्जत गर्छन् । मबाटै कलाकारिता सिक्नुपर्छ भन्छन् । मैले आमा भएर गर्नु पर्ने जिम्बेवारी छोराहरू प्रति गरेको छु । उनका चाहाना बुझेर सकेसम्म पूरा गरेको छु । मेरो व्यवहार उनीहरूलाई कस्तो लागेको छ आपैँmलाई थाहा छैन । नत, उनीहरूले अहिलेसम्म कमेन्ट गरेका छैनन् ।
मलाई त्यतिबेलाको राम्रो सम्झना छ । जतिबेला मेरो पहिलो चलचित्र हेरेर आमा रुनु भएको थियो । त्यो चलचित्रमा मैले धेरै द:ख पाएको भूमिका निर्वाह गरेको थिएँ । उहाँलाई लागेछ मेरो जीवन बास्तवमा त्यहीँ हो । तर, अहिले आमा चलचित्र बुझ्नुहुन्छ । हेरेर मज्जा लिनु पनि हुन्छ । अहिले उहाँको समय पासको माध्यम चलचित्र नै हो । जेठो छोरो बिक्कि पनि चलचित्र क्षेत्रमा नै छ । मेरो नामबाट चिनिएर संघर्ष गर्दै । अभिनयको सुरुआतमा ऊ मेरो नामबाट चिनिए पनि ऊ आफ्नो नाम आपैँmले राख्न चाहान्छ । मेरै जति चर्चा कमाउने उसको लक्ष्य छ ।
एकल महिला हुनु पनि गाह्रो रै’छ । घरभित्रको सबै जिक्मेवारी । भान्सादेखि सबै । सघाउने कोही छैन । फकाएर केही लिनु पर्ने छ भने बिक्किले किचनको काम सघाउँछ । उसले सपिङमा भने सधैँ सघाउँछ । केही वर्ष अगाडि चलचित्र क्षेत्रमा म निकै ब्यस्त थिएँ । अभिनयका ब्यस्तताले बच्चाहरूको भविष्य नबिग्रियोस् भनेर मैले बोडर्समा राखेँ । छोराहरूलाई समय दिन नपाउँदा मलाई पनि नमज्जा लागेको थियो । कान्छो छोरो हुर्काउनु भएको नै मेरीे आमाले हो । सानोमा त उसले मलाई आमा भनेर चिन्दैनथ्यो । उसले मलाई धेरैको करमा आमा भन्थ्यो । त्यो पनि यसको आमा नाम रहेछ भन्ने किसिमले । छोराको यो क्रियाकलापले मन नदुखेको पनि होइन तर के गर्ने बाध्यता पनि त थियो नि ।
घरखर्च सबै मेरो कलाकारिता बाटै चलेको छ । कलाकारिताबाहेक अहिले सानो तिनो बिजनेस पनि छ । बाल कलाकारबाट चलचित्र अभिनय थालेको मैले बाल कलाकार कै रूपमा पहिलो अभिनय गर्दा ४ सय पारिश्रमिक पाएको थिएँ । अहिले जे जति पाएको छु त्यो सबै चलचित्रबाट नै पाएको हँु । त्यसैले छोराहरूलाई पनि चलचित्र क्षेत्रमा नै लाग्न प्रेरित गरिरहेको छु । अहिले म जुन अवस्थामा छु त्यो सबै कलाकारिताकै देन हो भन्ने उनीहरूले पनि बुझेका छन् । मेरो नसा नसामा कलाकारिताको रगत बगिरहेछ । उनीहरूका रगतमा पनि कलाकारिता नै बगोस् भन्ने मेरो चाहना छ ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया