पुत्र प्रकाशलाई अल्छी लागेछ….

Prakash Dahalकाठमाडौं, २३ माघ । मकवानपुर जिल्लाको हेटौडामा जारी एमाओवादीको सातौं राष्ट्रिय महाविधेशनलाई लिएर अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई अल्छी लागेको जनाएका छन् ।
आफ्नै बाबु आयोजक रहेको महाधिवेशप्रति प्रकाशले चित्त नबुझेको जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकको लाईक पेजमा आज दिउँसो सन्देश लेखेर प्रकाशले भनेका छन्, ‘भाग नलिए पनि महाधिवेशनको ताल देखेर आफैलाई अल्छी लागी रहेको छ ।’
एमाओवादीको महाधिवेशन २१ वर्ष पछि गत शनिबारबाट हेटौंडामा सुरु भएको हो ।
बीना मगरसँगको यौन काण्ड र विवाहको विषयमा एमाओवादीले कारबाही गरे पछि प्रकाश भारतमा बस्दै आएका छन् । उनले दोस्रो पत्नी र काखमा रहेको छोरालाई छाडेर बीनासँग हाल भारतमा बस्दै आएका छन् ।
बीनासँगको प्रेमलापलाई लिएर एमाओवादीले कारबाही गरे पछि पुत्र प्रकाश ऐतिहाँसिक हेटौँडा महाधिवेशनमा सहभागी हुन पाएनन् ।
महाधिवेशनको बन्द सत्रमा आफ्ना बाबु पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनको विरोध गर्नेहरु प्रति पनि उनले आक्रोश ब्यक्त गरेका छन् । ‘आफू नयाँ कुरा र प्रस्तावहरु नल्याउने, अनी अरुले ल्याएको प्रस्तावको नि बिरोध गर्ने यथास्थितिवादीहरु,’ उनले टिप्पणी गरेका छन् ।
पुत्र प्रकाशले उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, राम कार्की, खेमराज भट्ट र गोपाल किराँती तर्फ संकेत गर्दै बाबुको आलोचनामा नउत्रन सुझाव दिएका छन् । एमाओवादीको महाधिवेशनको बन्द सत्र हेटौडामा चलिरहेका बेला पुत्र प्रकाशले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया