एकल महिलालाई सहयोग आवश्यक

काठमाडौं, २२ माघ । उपराष्ट्रपति परमान्द झाले एकल महिलाहरुलाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।
राजधानीमा आजबाट सुरु भएको एकल महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उपराष्ट्रपति झाले एकल महिलाहरुको क्षमता अभिबृद्धिका लागि राज्यले सहयोग गर्नुपर्ने बताए ।
उनले नीति निमार्णको तहमा एकल महिलाको सहभागिताका लागि राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे ।
‘समृद्ध यात्रातर्फ एकल महिला शसक्तिकरण’ बिषयक सम्मेलनमा नेपालसहित १६ देशका महिला प्रतिनिधिहरुको सहभागिता छ ।
सम्मेलनमा अफ्गानिस्तान, अष्ट्रिया, जापान, भुरुन्डीलगायत देशका एकल महिला प्रतिनिधिहरु सहभागी छन् ।

प्रतिक्रिया