चौतारीद्वारा तीन पत्रकारलाई पुरस्कार प्रदन

काठमाडौं, २२ माघ । प्रेस चौतारी नेपालले आफ्नो १५ औं वर्ष प्रवेशका अवसरमा तीन जना पत्रकारलाई पुरस्कार दिने घोषणा गरेको छ ।
चौतारीका महासचिव विष्णु रिजालले आज विज्ञप्ति जारी गरेर हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोपाल बुढाथोकी (काठमाडौं)लाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
अग्निशीखा स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कुन्दन अर्याल र वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार मरणोपरान्त दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कारहरुको राशि क्रमशः १५ हजार १, १५ हजार १ र ७ हजार ५ सय १ रुपियाँ नगद तथा सम्मानपत्र छ ।

प्रतिक्रिया