पाल्पामा नौ वटा घरमा चोरी

hospital-ma-choriपाल्पा, २१ माघ । पाल्पा जिल्लामा भजनकिर्तनको कार्यक्रममा सहभागी हुन गएका समयमा अज्ञात समूहले नौ वटा घरबाट नगदसहित धनमाल चोरी गरेर लगेको छ ।
शनिबार राति सिलुवा–७, अल्किचौरमा स्थानीय राधा पंगेनीसहित नौ जनाको घरमा चोरी भएको हो ।
उनीहरु हरिप्रसाद पंगेनीको घरमा ब्रतबन्धको कार्यक्रम पछि शनिबार राति आयोजित भजनकिर्तनमा गएका थिए । सोही समयमा चोरहरुले घरको ताला फोडेर चोरी गरेको प्रहरीले जनाएको छ ।
नगद १ लाख २ हजार ९ सय ५० रुपियाँ, आठ तोला सुनका गहना, २ थान नागरिकता र २ थान एटीएम कार्डसमेत अन्दाजी ५ लाख ५० हजार रुपियाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रतिक्रिया