५ दिनदेखि बन्द दैलेखका रेडियो सञ्चालन

सुर्खेत, १६ माघ । ५ दिनदेखि बन्द दैलेखका दुई वटा एफएम रेडियो आज देखि सञ्चालनमा आएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले ट्रान्समिटर अन गरेर रेडियो सञ्चालन गरेका हुन् । एमाओवादीको ज्यान लिने धम्कीपछि असुरक्षाका कारण देखाउँदै दैलेखका २२ जना पत्रकारहरु विस्थापित भएपछि रेडियोहरु बन्द भएका थिए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले पत्रकारहरुको सुरक्षाको वातावरण मिलाउने प्रतिवद्धता पछि बन्द रेडियो सुचारु भएका हुन् ।

प्रतिक्रिया