एमाओवादीलाई बदनाम गर्न खोजिएको छ

रामेछाप, १५ माघ । सत्तारुढ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुका बीच अहिले देखिएको गतिरोधलाई तोड्न राजनीतिक एकता आवश्यक रहेको बताएका छन् ।
रामेछापमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा उनले निकासका लागि सहमतिको विकल्प नभएको बताए । जेठ–१५ सम्म निर्वाचन गराउनु पर्ने बताएका दाहालले भने, ‘निर्वाचनका लागि सहमति जुटाएर राजनीतिक तुवालोलाई फटाउनु पर्छ ।’ उनले सहमति भए प्रधानमन्त्री जो पनि बन्न सक्ने उल्लेख गरे ।
अध्यक्ष दाहालले एमाओवादीलाई कमजोर बनाउन पत्रकार डेकेन्द्र थापाको विषयलाई विपक्षी दलहरुले उचालेको आरोप लगाए । उनले भने, ‘हत्याको पुरानो कुरा कोट्याएर एमाओवादीलाई वदनाम गर्न खोजिएको छ ।’
उनले आफूहरु विरुद्ध जतिनै नकारात्मक प्रचार प्रसार गरे पनि एमाओवादीप्रति जनताको विश्वास नघट्ने दाबी गरे ।

प्रतिक्रिया