प्रेस चौतारीद्वारा धर्ना

काठमाडौं : दैलेखबाट विस्थापित पत्रकारलाई जिल्ला फर्काउने वातावरण बनाउन माग गर्दै प्रेस चौतारी नेपालले आइतबार माइतीघरमण्डलामा एक घन्टा धर्ना दिएको छ । चौतारीले पत्रकार डेकेन्द्रराज थापाका हत्यारामाथि कानुनी कारबाही चलाउन पनि माग गरेको छ ।

सत्तारूढ एमाओवादी र सरकार प्रेस स्वतन्त्रताविरुद्ध उभिएको भन्दै चौतारीले पत्रकार हत्यामा संलग्नमाथि कानुनी कारबाहीको प्रत्याभूति र प्रेस स्वतन्त्रताको सुनिश्चित गर्न माग गरेको थियो । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले विस्थापित पत्रकारलाई जिल्ला फर्केर निर्वाध काम गर्ने वातावरण बनाउन माग गरेका थिए ।(सौस)

प्रतिक्रिया