डिआइजी सॉपको तरुनी खेती

DIG-SUSHIL-SHRESTHA-RGBकाठमाडौं, १३ माघ । सशस्त्र प्रहरीका डिआइजी सुशील श्रेष्ठ नारीवादी होइनन् तर ‘नारीप्रेमी’ हुन् । घोषित श्रीमतीबाहेक उनले झन्डै आधा दर्जन नारीलाई रखैल बनाइसकेका छन् तर श्रीमतीकै दर्जा दिएर ।

विवाह गरेर भित्र्याएकी श्रीमतीसित सम्बन्ध सुमधुर बन्न नसकेपछि श्रेष्ठले अन्यत्र आँखा डुलाउन थालेका हुन् । उनले ५ जनालाई रखैल बनाएको र उनीहरूमध्ये ४ जनालाई श्रीमतीकै दर्जा दिएको स्रोतको दाबी छ । श्रेष्ठकी खास श्रीमती अञ्जली प्रधान हुन् । यता, रखैलका रूपमा भावना राई, अम्बिका शर्मा, तारा सिंह तथा थर नखुलेका राधिका र गीतालाई राखेको स्रोतले बतायो । यीमध्ये भावना, अम्बिका, राधिका र गीतालाई उनले श्रीमतीकै हैसियत दिएका थिए । सशस्त्र प्रहरी ब्यारेक पथलैयामा रहँदा सरकारी कार्यलायमा कार्यरत एक महिलासँग पनि उनको न्यानो सम्बन्ध रहेको स्रोतको दाबी छ ।
नेपाली सेनामा छँदा नै श्रेष्ठको अञ्जलीसँग बिहे भएको थियो । विवाह गरेको केही वर्ष दाम्पत्य सम्बन्ध राम्रै चल्यो । तर, श्रीमान्को अन्य तरुनीसँग पनि चक्कर रहेको सुइँको पाएपछि अञ्जली झस्किएकी थिइन् । त्यसपछि बिग्रिन थालेको सम्बन्ध अन्तत: डिभोर्सका लागि अदालतसम्म पुग्यो । तर, सानो छोराका कारण उनीहरूबीच डिभोर्स हुन सकेन । आपसी समझदारीमा केही वर्ष उनीहरू फेरि मिलेर बसे । यद्यपि, फेरि उही सिलसिला दोहोरियो र दुवै छुट्टा–छुट्टै बस्न थाले । यसैबीच श्रेष्ठलाई तरुनी फेर्ने लत बसेको हो ।
स्रोतका अनुसार भावनालाई उनले श्रीमतीकै हैसियतमा ६ वर्षसम्म सँगै राखेका थिए । श्रेष्ठले सशस्त्र प्रहरी परिवार महिला संघमा समेत भावनाको नाम सूचीकृत गर्न लगाएका थिए । तर, उनीसित पनि सम्बन्ध टिकाउ बन्न सकेन । बाहिर अरू केटीको चक्करमा लागेका श्रेष्ठ भावनालाई कुनै हालतमा
पन्छाउन चाहन्थे । भावना वैदेशिक रोजगार व्यवसायमा संलग्न थिइन् । उनीविरुद्ध ठगी गरेको आरोप प्राय: आइरहन्थ्यो । अन्तत: यसैलाई हतियार बनाएर श्रेष्ठले भावनालाई जेल नै पठाए ।
श्रीमतीकै हैसियत पाएकी राधिका गैरसरकारी संस्थामा कार्यरत छिन् । उनलाई श्रेष्ठले ३ वर्षसम्म सँगै राखेका थिए । बूढानीलकण्ठ–१३ स्थित एक सहकारीमा कार्यरत तारा सिंहलाई पनि उनले श्रीमतीकै रूपमा प्रयोग गरे । यस्तै थर नखुलेकी गीता पनि चार वर्षसम्म श्रेष्ठकी अघोषित श्रीमतीका रूपमा रहिन् ।
डिआइजी श्रेष्ठले श्रीमतीकै हैसियत दिएर राखिएकी पछिल्ली महिला हुन् अम्बिका शर्मा । बसुन्धरा स्थायी घर भएकी अम्बिकाको घरमा त घरेलु कामदारका रूपमा सशस्त्र प्रहरीका तीन प्रहरी नै खटाइएको थियो । एक हप्ताअघि मात्रै उनीहरूलाई सो घरबाट हटाइएको छ । नागपोखरीस्थित आशा इन्टरनेसनल मेनपावर कम्पनी सञ्चालन गर्दै आएकी अम्बिकासँग श्रेष्ठ विगत केही वर्षअघिदेखि नजिकिएका थिए । नुवाकोटकी अम्बिकाले जावलाखेलस्थित लन्डन गेस्ट हाउसमा कार्यरत हुँदा राज वज्राचार्यसँग विहे गरेकी थिइन् तर राजसँग अम्बिकाको सम्बन्ध टुटिसकेको छ ।

आफ्नो सुखभोगमा महिलालाई फेरीफेरी प्रयोग गर्ने श्रेष्ठले विवाह भने कोहीसँग पनि गरेका छैनन् । जेठी श्रीमतीसँग सम्बन्ध टुटे पनि कानुनी रूपमा सम्बन्धविच्छेद नभएकाले उनले विवाह गर्न नसकेको स्रोतको दाबी छ । सम्बन्धविच्छेद गर्नकै लागि श्रेष्ठले एक वर्षअघि जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका छन् । तर, फैसला भने हुन सकेको छैन । सौर्यसँग श्रेष्ठले भने, ‘डिभोर्सका लागि मैले केस हालेको छु तर फैसला भएको छैन ।’
दुई वर्षअघिदेखि अञ्जलीसँग कुनै सम्पर्क नरहेको श्रेष्ठको भनाइ छ । अहिले छोरा आपैँmसँग रहेको जानकारी दिँदै उनले भने, ‘मेरी श्रीमतीसँग विवाह भएको केही वर्षदेखि नै सम्बन्ध बिग्रिएको हो, डिभोर्स गर्ने निर्णयमा पुगे पनि हामीलाई सानो छोराको अवस्थाले रोक्यो । फेरि केही वर्ष सँगै बस्यौँ, तर टुटेको सम्बन्ध जोडिएन । उनी मेरा विरुद्ध अनेक खालका काम गर्न लागिन् । हामी अहिले अलग छौँ तर कानुनी रूपमा भने श्रीमान्–श्रीमती नै हौँ ।’
रखौटीका रूपमा थुप्रै महिला प्रयोग गरेको विषयलाई भने उनले अस्वीकार गरे । यो विरोधीले फैलाएको अफवाह मात्रै रहेको उनको जिकिर छ । श्रेष्ठले भने, ‘मविरुद्ध मेरै संगठनका प्रहरी साथीहरू लागेका छन् । मेरी श्रीमतीको पनि यसमा भूमिका छ । यो मेरो व्यक्तिगत पीडा पनि हो, यसलाई समाचार बनाउनु ठीक हो जस्तो लाग्दैन ।’
डिआइजी श्रेष्ठ अहिले नक्सालस्थित सशस्त्र प्रहरीको उपत्यका वाहिनी सानोगौचरनका वाहिनीपति हुन् । उनी १७ भदौ २०४१ देखि लेफ्टिनेन्टका रूपमा नेपाली सेनामा जागिर खाएका थिए भने २०५८ मा सशस्त्र प्रहरीमा सेवा सुरु गरेका थिए । २१ असोज २०६६ मा डिआइजीमा बढुवा भएका उनलाई अहिले महिला हिंसाविरुद्ध सडकमा उत्रिएको आन्दोलनमा सुरक्षा दिने जिम्मेवारी छ ।

प्रतिक्रिया