ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

Tanahu Districtतनहुँ, १२ माघ । तनहुँ जिल्लामा मालबाहक ट्रक मस्र्याङदी नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आवुखैरेनी–७, ऐनापहरास्थित पृथ्वी राजमार्गमा आज विहान करीव पौने सात बजे ना.४ ख ९०४७ नम्वरको मालबाहक ट्रक सडकबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनामा मृत्यु हुनेमा चालक र सहचालक रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया