दर्जनौं चलचित्रकर्मी पक्राउ

Kalakarकाठमाडौ, ५ माघ । विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रेका चलचित्रकर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । रिले अनशनमा बसेकाहरूलाई पनि प्रहरीले लछार्दै भ्यानमा कोचेको थियो ।

आन्दोलनका क्रममा चलचित्र विकास बोर्डमा ताला लगाउन गएका सयौँ चलचित्रकर्मीमाथि प्रहरीले धरपकड गरेको हो । बोर्डलाई स्वायत्त राख्नुपर्ने, विदेशी चलचित्रलाई कोटा प्रणाली लागू गर्नुपर्नेलगायत ९ बुँदे माग राख्दै चलचित्रकर्मीले केही सातादेखि आन्दोलन गरिरहेका छन् । यसअघि लगाएको ताला प्रहरीले बुधबार खोलेपछि उनीहरू बिहीबार पुन: ताला लगाउन गएका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेर गौशाला प्रभागमा सात घन्टा राखी छाडेको छ ।
पक्राउ परेका चलचित्रकर्मीलाई भेट्न प्रहरी प्रभाव गौशाला पुगेका मानवअधिकारकर्मी सुदीप पाठकले अनशनमा बस्नेहरूलाई पक्राउ गरेर प्रहरीले उनीहरूको मानवअधिकार उल्लंघन गरेको बताए । ‘लोकतन्त्रमा जसले पनि शान्तिपूर्ण रूपमा अनशन बस्न पाउँछन्,’ पाठकले सौर्यसँग भने, ‘अनशनमा हस्तक्षेप गर्न हुँदैनथ्यो ।’
रिले अनशन बसेका कलाकार लक्ष्मी गिरी, सुवास गजुरेल, कुमार सिलवाल, मुकेश ढकाल र ऋचासिंह ठकुरीलाई पक्राउ गरिएको थियो । नायक ढकालले प्रहरी प्रभागबाट सिधै चलचित्र विकास बोर्डमा गएर रिले अनशनलाई निरन्तरता दिने बताए । बोर्डको गेटमै अनशन बसेर कर्मचारीलाई भित्र पस्न नदिने उनको भनाइ छ । प्रहरी धरपकडको विरोधस्वरूप सम्पूर्ण चलचित्रको
सुटिङ स्थगन गर्ने तयारी पनि चलचित्रकर्मीले गरेका छन् ।
कलाकार संघका अध्यक्ष नवल खड्काका अनुसार प्रहरीले आन्दोलन स्थगन गर्ने सर्तमा मात्रै छाड्ने अडान लिएको थियो । तर, आफूहरूले माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने बताएपछि विनासर्त रिहा गरिएको उनले जानकारी दिए ।
चलचित्रकर्मीले गत पुस २५ गते चलचित्र विकास बोर्डमा लगाएका ३ वटा ताला प्रहरी टोलीले मंगलबार खोलेको थियो । त्यसको विरोध गर्दै बुधबार बिहान १० बजे पुन: विकास बोर्डमा ताला लगाउन सयौँ संख्यामा चलचित्रकर्मी पुगेका थिए । तालाबन्दी गर्नुअघि उनीहरूले प्रहरीको हस्तक्षेपविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
११ चलचित्रसम्बद्ध संघसस्थाका चलचित्रकर्मीहरूको ९ बँुदे माग निम्न छन् :–
१) चलचित्र विकास बोर्डलाई स्वायत्त गर ।
२) चलचित्र विकास बोर्डका अध्यक्ष तथा पदाधिकारीको नियुक्ति विषयमा चलचित्र क्षेत्रसँग प्रत्यक्ष संलग्नता रहेको व्यक्ति अनिवार्य गर । राजनीतिक हस्तक्षेप बन्द गर ।
३) बक्स अफिसको केन्द्रीय संरचना निर्माण गरी तुरुन्त लागू गर ।
४) चलचित्र क्षेत्रको विकास र विस्तारका लागि चलचित्र विकास बोर्डले तयार पारी पेस गरेको ऐन (फिल्मको वर्गीकरण) तुरन्त पास गरी तत्काल लागू गर ।
५) स्वदेशी चलचित्रको प्रदर्शनलाई अग्रस्थानमा राखी विदेशी चलचित्र प्रदर्शनमा कोटा प्रणालीको नियम लागू गर ।
६) श्रमजीवी चलचित्र ऐन तुरुन्त बनाई लागू गर ।
७) कुनै पनि स्वदेशी तथा विदेशी उत्पादनहरूको नेपालबाट प्रसारण तथा प्रचार हुने विभिन्न श्रव्य–दृश्य तथा प्रचार सामग्रीको उत्पादन एवं प्रसारणमा नेपाली जनशक्ति अनिवार्य गर ।
८) केन्द्रीय चलचित्र जाँचपास (सेन्सर) समिति चलचित्रकर्मीको नेतृत्वमा गठन गर ।
९) केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को आचारसंहिता निर्माण गरी लागू गर ।

पृष्ठ १ को बाँकी
सुटिङ स्थगन गर्ने तयारी पनि चलचित्रकर्मीले गरेका छन् ।
कलाकार संघका अध्यक्ष नवल खड्काका अनुसार प्रहरीले आन्दोलन स्थगन गर्ने सर्तमा मात्रै छाड्ने अडान लिएको थियो । तर, आफूहरूले माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने बताएपछि विनासर्त रिहा गरिएको उनले जानकारी दिए ।
चलचित्रकर्मीले गत पुस २५ गते चलचित्र विकास बोर्डमा लगाएका ३ वटा ताला प्रहरी टोलीले मंगलबार खोलेको थियो । त्यसको विरोध गर्दै बुधबार बिहान १० बजे पुन: विकास बोर्डमा ताला लगाउन सयौँ संख्यामा चलचित्रकर्मी पुगेका थिए । तालाबन्दी गर्नुअघि उनीहरूले प्रहरीको हस्तक्षेपविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
चलचित्रसम्बद्ध ११ संघसस्थाले राखेको ९ बँुदे माग

प्रतिक्रिया