शुक्रबारदेखि जुत्ता–चप्पल मेला

काठमाडौं : जुत्ता–चप्पल उत्पादन गर्ने प्रमुख तीन नेपाली कम्पनीले बिग सेल मेला गर्ने भएका छन् । स्काई सुज, बिएफ डियर हिल सुज र शिखर सुजको संयुक्त आयोजनामा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहको चौरमा जुत्ता–चप्पल मेला हुन लागेको हो ।

५ देखि १६ माघसम्म सञ्चालन हुने मेलामा १५ देखि ७५ प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएका छन् । मेलामा दुई सयदेखि दुई हजार रुपियाँसम्म जुत्ता चप्पल उपलब्ध हुनेछन् । मेलाले नेपाली जुत्ता–चप्पलको बजारीकरण र प्रवद्र्धन गर्न सहयोग गर्नका साथै नेपाली उपभोक्तालाई स्वदेशी ब्रान्डको प्रयोग गर्न प्रेरित गर्ने आयोजकको विश्वास छ । मेलामा नि:शुल्क प्रवेशको व्यवस्था छ । (सौस)

बजाजको लाइसेन्स टु–थ्रिल योजना

काठमाडौं : एचएच बजाजले नयाँ पल्सर २०० एनएसको लागि लाइसेन्स टु–थ्रिल क्याम्पेन गर्ने भएको छ । यस योजनाअन्तर्गत बजाज पल्सर २०० एनएस खरिद गर्ने प्रत्येक ग्राहकले ‘लाइसेन्स टु–थ्रिल’ टिकट जित्ने छन् । त्यस टिकटमा प्रत्येक ग्राहकले क्यान्योयिङ, क्यान्योन स्विङ, जिपलाइन र बन्जीजस्ता नेपालको रोमाञ्चक खेलका दुई पास सित्तैमा जित्नेछन् भने प्याराग्लाइडिङका लागि एकल पास जित्नेछन् । खरिदकर्ताले आफ्नो सहुलियत र इच्छानुरूप यीमध्ये कुनै एक रोमाञ्चक खेल र आफू जाने मिति छनोट गर्न सक्नेछन् । रोमाञ्चक खेलको विधामा उत्कृष्ट मानिएका जिप फ्लायर नेपाल, हाइ ग्राउन्ड एड्भेन्चर्स र द लास्ट रिसोर्ट यस बृहत् क्याम्पेनका आधिकारिक साझेदारहरू हुन् ।
कम्पनीले बजाजको एनएस पल्सर बाइक नकिने पनि क्याम्पेनमा सहभागी बन्न सक्ने जनाएको छ । आफ्नो रोमाञ्चक फोटो फेसबुकमा अपलोड गर्दा फोटोले सबैभन्दा धेरै मत प्राप्त गरेमा पनि लाइसेन्स टु–थ्रिलको टिकट प्राप्त गर्न सकिने छ । कम्पनीको आधिकारिक फेसबुक पेज एचएचबजाजमा गई यस्तो क्याम्पेनमा भाग लिन सकिने जनाएको छ । (सौस)

सुन ६ सयले बढ्यो

काठमाडौं : स्थानीय बजारमा बुधबार छापावाला सुनको मूल्य ६ सय रुपियाँले बढेको छ । मंगलबार प्रतितोला ५८ हजार ४ सय रुपियाँमा कारोबार भएको सुन बुधबार ५९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिआँैस १२ अमेरिकी डलरले वृद्धि भएको र अमेरिकी डलरको मूल्य पनि वृद्धि भएकाले नेपाली बजारमा यसको प्रभाव परेको संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए । (सौस)

प्रतिक्रिया