‘स्वदेशी वस्तु उपभोग गरौँ’

सिरहा, ३ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले भारतिय रुपियाँको समस्या हल गर्न स्वदेशी वस्तु तथा सेवा उपभोग गरिनु पर्नेमा जोड दिएका छन् । सिरहाको चोहर्वास्थित सिर्जना सामुदायिक विकास केन्द्रको १५औँ वार्षिक साधारणसभा र लघुवित्त सेवा भवनको मंगलवार उद्घाटन गर्दै गभर्नर खतिवडाले स्वदेशी वस्तु खपत र उपभोग गरी आयातलाई कम गर्दै लगिनु पर्ने बताए । ‘विदेशी बिमा कम्पनीमार्फत कारोबार गर्दा भारु अभाव हुँदैन र जोखिम पनि कम हुन्छ । ठूला कारोबार बैंकमार्फत गर्दा जोखिम र अभाव दुवै घटेर जान्छ,’ गभर्नर खतिवडाले भने ।

सीमावर्ती क्षेत्रका जनताको सुविधालाई ध्यान दिँदै सिरहा सदरमुकाममा राष्ट्र बैंकले चाँडै भारु सटही काउन्टर राख्ने तयारी गरिरहेको जानकारी उनले दिए । साधारणसभा स्थलमा लघुवित्त मार्फत समूहमा थोरै ऋण झिकेर विभन्नि आयआर्जन गरिरहेका महिलाले उत्पादन गरेका सामग्रीको १६ वटा स्टल राखिएको थियो । केन्द्रले लघुवित्त कार्यक्रमअन्तर्गत सिरहा, सप्तरी, उदयपुर र सिन्धुलीमा गरी स्थानीय महिला समूहमार्फत १७ करोड रुपियाँ लगानी गरी १९ हजार महिला सदस्य बनाएको छ ।

प्रतिक्रिया