पुस–२५ सम्म सहमति खोज्न सुझाव

काठमाडौं, २३ पुस । राष्ट्रपति डा.रामवरण यादवले पुस–२५ गते सम्म पनि दलहरुका बीच सहमति हुन नसक्ने हो कि भनेर चिन्ता जनाएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा एमाले अध्यक्ष झलनाथ खनालसँग आज भएको भेटबार्ताका क्रममा डा.यादवले सहमति खोज्ने जनाएका दलहरुले निकास दिन नसक्नेप्रति चासो जनाएका हुन् । उनले खनालसँग छिटो सहमति खोज्न पनि भनेका छन् ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष खनालले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन अनिर्वाय रहेको बताए । ‘राजनीतिक निकासका लागि वर्तमान सरकारको वहिर्गमन अनिर्वाय छ,’ उनले भने ।
मुलुकलाई सहमतीय सरकार दिनुपर्ने जनाएका उनले भने, ‘राष्ट्रपतिजीसँग गतिरोध अन्त्यका बारेमा भईरहेका राजनीतिक परामर्शका विषयमा जानकारी गराएको छु ।’
राष्ट्रपति डा.यादवले उपलब्ध गराएको समयसीमा भित्र दलहरुले निकास दिन नसके पछि डा.यादवले परामर्श गर्दै आएका छन् ।

प्रतिक्रिया