झापामा युवतीलाई सामूहिक बलात्कार

काठमाडौं, १९ पुस । काठमाडौं र झापा जिल्लामा बालिका र युवतीलाई यौन दुराचार गर्ने चार जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको नक्सालस्थित चारढुंगे बस्ने १३ बर्षीया बालिका रमा कट्टेल (नाम परिवर्तन) को बलात्कृत भएकी छन् । रमालाई नक्साल चारढुंगे बस्ने रामेछाप जिल्ला बेताली–३ का २३ बर्षीय रामचन्द्र कार्कीले जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कार्कीले बुधबार रमालाई नक्सालमै बलात्कार गरेको प्रहरी भनाई छ । रमा नुवाकोट जिल्ला निवासी हुन् । रमालाई बलात्कार गरेको देखे पछि आफन्तले कार्कीलाई पक्राउ गरेर प्रहरीमा बुझाएका हुन् ।
उता, झापा जिल्लामा प्रेमीसँग चियावगानमा बसेकी १९ वर्षीय युवती ममता बजगाईं (नाम परिवर्तन) लाई तीन जनाले बलात्कार गरेका छन् ।
उनका प्रेमीलाई कुटपिट गरेर ममतालाई ३÷चार जनाको समूहले लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
साथीसँग चियाबगानमा बसेर गफ गरीरहेकी १९ बर्षीया ममतालाई जवरजस्ती करणी गरेको अभियोगमा दमक–९ का तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा १६ बर्षीय संजिव दर्जी, सहित ३ जना छन् ।
धनकुटा जिल्ला पाख्रीबास–९ घर भई दमक–१३ बस्ने २४ बर्षीय वीरवल खड्का र तेह्रथुम जिल्ला घर भई मल्टिपल क्याम्पसमा विविएस दोस्रो बर्षमा अध्यनरत ममता चियाबगानमा बसेर गफ गरीरहेको अवस्थामा ममतालाई अपरिचित ३÷४ जनाको समूह अज्ञात स्थलमा लगेका थिए ।
बुधबार बेलुका वीरवललाई कुटपिट गरेर ममतालाई जवरजस्ती चिया बगानतर्फ लगेर बलात्कार गरी ममतालाई आज करिव सवा ५ बजे छाडेको प्रहरीले जनाएको छ ।
बलात्कार पछि प्रहरी सम्पर्कमा आएकी ममताले उजुरी दिएकी हुन् । बलात्कृत ममता र पक्राउ परेका युवकहरुको मेची अंचल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया