‘स्वतन्त्र’ व्यक्ति प्रधानमन्त्री हुँदैनः एमाले

काठमाडौं, १९ पुस । एमालेले ‘स्वतन्त्र’ व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्ताव अस्वीकार गर्ने ठहर गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको स्थायी समिति बैठकले ‘स्वतन्त्र’ व्यक्तिलाई प्रधानमन्त्री बनाउने भट्टराईको प्रस्ताव औचित्यहिन रहेको निष्कर्ष निकालेको एक सदस्यले जानकारी दिए ।
‘स्वतन्त्र’ व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव यस अघि प्रधानमन्त्री भट्टराईले नै अस्वीकार गरिसकेका थिए । पछिल्लो समयमा पुनः भट्टराईले सोही प्रस्तावलाई अघि सारे पछि एमालेले आशंका जनाएको छ ।
एमाओवादी र प्रधानमन्त्री भट्टराई आगामी बैशाखमा नयाँ निर्वाचन गराउन नचाहेको एमालेले आरोप लगाएको छ । उसले नयाँ निर्वाचनका लागि वर्तमान सरकारको बहिर्गमन अनिर्वाय रहेको समेत उल्लेख गरेको एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया