युरोपियन युनियनमा आबद्धता माग

लन्डन : बेलायतले आफ्नो व्यवसायका लागि जोड दिन युरोपेली युनियनभित्र आफ्नो स्थानलाई कायमै राख्नुपर्ने आवश्यकता आँल्याएको छ ।
ब्रिटिस उद्योग परिसंघ (सिबिआई) ले सो कुरा बताएको हो । व्यवसाय पैरवी समूह सिबिआईले निर्यातको दिशामा अर्थतन्त्रलाई पुन: सन्तुलन कायम राख्न यो आवश्यकता रहेको सुझाएको हो ।
साथै नयाँ व्यापार सन्धि सिर्जनाका लागि सहयोग गर्न पनि बेलायतले युरोपेली युनियनलाई प्रयोगमा ल्याउनुपर्ने सो संस्थाले बताएको छ । सिबिआईले युरोप र अमेरिकाबीच एक नयाँ मुक्त व्यापार सम्झौताका लागि यो भन्दाअघि नै दबाब दिइरहेको समाचार विभिन्न एजेन्सीहरूले लेखेका थिए ।
युरोपेली युनियन र अमेरिका अपेक्षाकृत खुला अर्थतन्त्र भए पनि व्यापार गर्नका लागि यिनीहरूमा अवरोधका थुप्रै उदाहरण रहेको भन्दै यसको सहजताका लागि पनि युरोपमा बेलायतको आवश्यकता रहेको बताइएको हो । सिबिआईका महानिर्देशक जोन क्रिडल्यान्डले युरोपमा आफ्नो स्थानलाई कायम राख्न बेलायतका लागि महत्त्वपूर्ण अवसर रहेको बताए  । विगत ४० वर्षमा बेलायतले उसको मुक्त र खुला व्यापार  मूल्यलाई सुनिश्चित गरेको छ । (एजेन्सी)

प्रतिक्रिया