कार्यकर्तालाई पैसा बाँडेको छैनः मन्त्री न्यौपाने

भक्तपुर, १७ पुस । महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने चुरे भावर पार्टीका कार्यक्रर्तालाई मन्त्रालयको पैसा वितरण नगरेको दाबी गरेका छन् ।
उनले रकम बाँडेको भन्ने आरोप प्रतिपक्षहरुले बिना आधर लगाएको बताए । सिद्घि स्मृती प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले आफू जस्तो सुकै परिस्थिति भए पनि समाजको भलाईमा हुने कामलाई सहयोग गर्न तत्पर रहने बताए ।
उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाले पछि मुलुकका धेरै वृद्घा आश्रमहरुलाई सकेको सहयोग गरेको उल्लेख गरे ।

प्रतिक्रिया