चौतारी जाजरकोटमा श्रेष्ठ

जाजरकोट : प्रेस चौतारी नेपाल जाजरकोट शाखाको दोस्रो जिल्ला सम्मेलन अन्नपूर्ण पोस्ट दैनिक तथा एभिन्युज टेलिभिजनका जाजरकोट सम्वाददाता दिनेश श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गर्दै सकिएको छ ।
‘मानवअधिकार, प्रेस स्वतन्त्रता र समयमै नयाँ संविधान– शान्ति, लोकतन्त्र र सुशासन स्थापनार्थ दोस्रो जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ शनिबार सम्पन्न सम्मेलनले उपाध्यक्षमा हरिबहादुर सिंह, सचिवमा रेडियो हाम्रो पाईंला जाजरकोटका स्टेसन म्यानेजर तथा सौर्य दैनिकका जाजरकोट सम्वाददाता रामकुमार शाही, सह–सचिवमा गणेश शाही र कोषाध्यक्ष्माा शान्ता स्वर्णाकारलाई चयन गरेको छ । (सौस)

प्रतिक्रिया