नोस्टाल्जिया


जिन्दगी भनेको सुख र दु:खको संगम रहेछ । अचेल म मनभित्रका प्यारा पीरलाई कहिलेकाँही एकान्तमा बिसाउँछु । यसले मलाई आनन्द दिन्छ । छुटिसकेका चाहना, रहर ह्दयको भित्री चेपमा सञ्चित हुनेरहेछन्, बाँचुन्जेल । रहरका सबै पोकाहरू बिन्दास भएर खोल्न मन लाग्छ, ताकि स्वच्छन्द भावना र अवरोध पनि उनको धड्कनले सुनोस् †
मलाई सम्झना हुन्छ, लहलाउँदो उमेरमा उनीसँग मेरो भेट भएको थियो । आहा † कति आनन्दमय थिए ति दिन । अब त ती समयसँगै सबै सम्झना धुमिल हुँदैछन् ।
ठीक चालीस वर्षअघि हाम्रो भेट भएको थियो भैरहवामा । म भर्खरै बिए पास गरेर जागिरे भई त्यहाँ पुगेको थिएँ । दुई वर्षसम्म हाम्रो क्रमिक भेट भइरह्यो । हामी चिठीको सहारामा पनि भेट्थ्यौँ । एउटा पत्रमा उनले लेखेकी थिइन, ‘तपार्इंले धोका दिनु हुन्न होला हगि † यदि यस धर्तीमा हाम्रो भेट भएन भने माथि निलो आकाशमा भेट्ने छु तपाईंलाई ।’
उनले बुधबारका दिन त्यो पत्र लेखेकी थिइन् । त्यसको दुई दिनपछि अर्थात् शुक्रबार, एउटा जिम्दारको नातीले आºनै गाडीमा राखेर उनलाई भलवारी पुर्‍याएको खबर मैले पाएँ । सुरुमा त मैले पत्याइनँ । तर सत्य त्यही रहेछ । हो त्यसबेला म बेहोसजस्तै भएको थिएँ । मलाई मेरो गरिबीको आभास त्यसबेला भयो । मैले भैरहवा नबस्ने निर्णय गरेँ ।
रातभरि सुत्न सकिनँ । हो, त्यसैरात उनलाई आठ पन्नाको चिठी लेखेँ । चिठी लेख्दै गर्दा आँसु गाला हुँदै कागजमा झथ्र्यो । बिहानै लालबहादुरको कोठामा गएँ र कुसुमलाई चिठी दिनु है भन्दै बाहिरिएँँ । म काठमाडौं जाने विचारमा थिएँ ।
तर, अर्को खबर हुरीसरि फैलियो । राति नै लाहुरेको १५/२० जनाको समुहसहित मेजर जस्मिर मगरले आºनी छोरी कुसुमलाई फिर्ता ल्याएछन् । मलाई प्रिय साथी राजले त काठमाडौं नजान सल्लाह दियो । तर, उसको धोकाले मलाई साँच्चै मर्माहत बनाएको थियो । म काठमाडौं हिँडे ।
०००
काठमाडौंमा नाताकुटुम्ब, साथीभाइ, कोही थिएनन् । बिरही मनले काठमाडौं नै किन रोज्यो ? पुसको महिना । चिसो र हुस्सुले काठमाडौं उदास थियो । मेरो मन झनै विक्षिप्त । क्षेत्रपाटीको गैँडा होटलमा बसेँ । नौलो ठाँउ † होटलको एकान्त कोठा । रातभरि कुसुम सम्झँदै रोइरहेँ । समय लगाम नलगाएको घोडा रहेछ । राजलाई मैले आफ्नो काठमाडौंको ठेगानासहित चिठी पठाएँ । सातापछि राजको चिठी पाएँ । लेखिएको थियो–
प्रिय मित्र प्रफुल्ल,
तिम्रो उदासीनता झन् बढेको तिम्रो पत्रले नै बतायो । मैले तिमीलाई काठमाडौं नजाऊ भनेकै थिएँ । लालबहादुरले तिम्रो चिठी कुसुमलाई दिएछ । त्यो चिठी पढेपछि हप्ताँैसम्म केही नखाई भोकै उनी रोएर बसिन् । घरको माथिल्लो तल्लाबाट लडेर उनको हात पनि भाँचिएछ । उनलाई भलवारी पुर्‍याएको घटना चाहीँ यस्तो रहेछ । आºनै काकीले झुक्याएर उनलाई सिनेमा हेर्न बुटवल जाने भनेर गाडीमा चढाएकी रहिछिन् । यो सबै जमिन्दारको नातिको खेल रहेछ । यती स्पष्ट भएपछि कुसुमले तिमीलाई धोका दिएको होइन रहेछ भन्ने विश्वास गर र तुरुन्त भैरहवा फर्क, म तिम्रो बाटो हेर्छु ।
–तिम्रो साथी राज ।
राजको पत्र पढेपछि मेरो मुटु फुट्लाझैँ भयो । कहाँ जाऊँ, कसो गरौँ भयो । पश्चतापको आगोले यसरी पोल्यो कि, सोचेँ कहीँ गएर हाम फालौँ । भैरहवा जाने र कुसुमसँग विवाह गर्नेबारे पनि सोचेँ । तर, मेराअघि गरिबी ठुलो पर्खाल बनेर उभिएको थियो । भैरहवा जाने निर्णयलाई थाती राखेँ र जागिरको खोजीमा लागँे । धरान, धनकुटा, फिदिम र ताप्लेजुङका केही साथीसँग परिचय, भेटघाट र हिमचिम बढ्यो । साथीहरूकै सहयोगले शाही नेपाल वायु सेवा निगममा जागिर पाएँ । अहिले ३८ वर्षपछि अवकास प्राप्त गरँे ।
अवकासप्राप्त जिन्दगी एक किसिमको सकस रहेछ । एउटा छोरा पनि लन्डनमै थियो । गत वर्ष ०११ को फेब्रुअरी महिनामा एक महिनाको लागि लन्डन पुगँे । ग्लासगो जान लन्डनको सेन्ट्रल रेलवे स्टेसन किङक्रसबाट रेलमा चढँे । रेल छुट्न पाँच मिनेट बाँकी थियो । त्यसबेला म निकै अचम्ममा परेँ, जब रेलभित्रकै रेस्टुराँमा आºनै सिटअघिल्तिर मैले उनलाई देखेँ । उनी अर्थात् चार दशक अघिकी मेरी प्रेयसी †
उनीसँग बोल्नै सकिनँ । उनी श्रीमान् बिस्मात थापासँगै लन्डनमा आएकी रहिछन् । बिस्मात युकेमा ब्रिटिस आर्मीमा काम गर्दारहेछन् । कुसुमको एक छोरा, एक छोरी रिडिङमा बस्दा रहेछन् । उनीहरूसँग कुरा गर्दा म निकै हतास भएको र आत्तिएको थिएँ । म ग्लास्गो स्टेसन उत्रिएँ । उनीहरू दुई स्टेस्न परको सहरमा उत्रने रहेछन् ।
स्टेसनकै बेन्चमा बसँे थकितझैँ । नोस्टाल्जियामा चार दसकअघिका चित्रहरू नाच्न थाले । ती ब्ल्याक एन्ड ह्वाइट
चित्रहरू † चालीस वर्षअघि भैरहवामा मेजर जस्बिर थापामगरको घर पछिल्तिर धानको कुन्युमा कुसुम र म घन्टौँ भविष्यबारेमा रंगीबिरंगी कल्पना गरिबस्थ्यौँ । त्यसबेला कुसुमको भाइ सुसेल्दै हामीलाई हेर्न आएको थियो । मंसिर महिनाको मधुर जुनेली रातमा मन्द हावाको झोँकाले उनको केशराशी मेरो अनुहार हुँदै बगेको थियो । उनले भनेकी थिइन्– ‘तपाईंले धोका दिनु हुन्न होला हगि † यदि यस धर्तीमा भेट भएन भन्ने माथि निलो आकाशमा भेट्ने छु तपाईंलाई ।’ अनि राजले पनि भनेको थियो– तिमी पछुताउने छौ ।’ कानमा राजका यी आवाज ठोक्किइरहे । यदि गरिबीको पर्खाल भत्काउने आँट उतिबेलै गरेको भए आज कुसुम मेरी हुनेथिइन् । हामी छुटिनुपर्ने थिएन । अहो † समयले हामीलाई कहाँ पुर्‍याएछ ।

प्रतिक्रिया