डोटीमा युवकको हत्या

कैलाली, १२ पुस । डोटीको कफल्लेकी–९ एक युवाको हत्या भएको छ । डोटीको कफल्लेकीकै सेरा नदीको झोलुंगे पुलमा २० वर्षीय बाबुराज शाही मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ ।
मृतक शाहीको शरीरमा निलडाम भएकोले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । हत्याको आशंकामा डडेल्धुरा जिल्ला मष्टामाण्डांैका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय चेतबहादुर बोहरा र २१ वर्षीय पूर्ण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका निरीक्षक दिलीपसिंह भण्डारीले बताए ।

प्रतिक्रिया