पर्सामा एक ट्रक गाँजा बरामद

वीरगञ्ज, १२ पुस । पर्साको बगहीबाट प्रहरीले एक ट्रक लागूऔंषध गाँजा बरामद गरेको छ ।
सुराकीका आधारमा एसएसपी पंकज श्रेष्ठ र पिताम्बर अधिकारी नेतृत्वको टोलीले आज विहान बगही–९, दरदर्वा गाँउबाट एक ट्रक गाँजा बरामद गरेको हो ।
प्रहरीले एचआर ६९ ए ४५२५ नम्बरको भारतीय ट्रक पनि नियन्त्रणमा लिएको छ । ट्रकमा ३० क्विन्टल गाँजा रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।
परालको कुनियोमा लुकाएर राखिएको गाँजालाई तस्करहरुले ट्रकमा लोड गरिरहेको अवस्थामा प्रहरीले आज विहान दुई बजे फेला पारेको थियो ।
प्रहरी टोली देख्ना साथ तस्करहरु गाँजा र ट्रक छाडेर फरार भएका छन् । बाक्लो हुस्सुका कारण तस्करलाई पक्राउ गर्न नसकिएको विष्टले बताए ।

प्रतिक्रिया