जेठमा ट्रेड युनियन कांग्रेसको महाधिवेशन

काठमाडौं : चरम आन्तरिक विवादपछि कांग्रेसनिकट मजदुर संगठन

‘नेपाल ट्रेड युनियन कांग्रेस’ले पुरानै नामलाई सदर गरेको छ ।
काठमाडौंमा बुधबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले ‘नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र’ राख्ने निर्णय गरेको मध्यपश्चिमाञ्चल अध्यक्ष एवं केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बमबहादुर डिसीले बताए । ‘पहिलाकै नामलाई सदर गरेका छौँ,’ उनले भने, ‘ट्ेरड युनियन कांग्रेसको नामको पछाडिको ‘स्वतन्त्र’ शब्द हटाउने अघिल्लो निर्णय यसपटक पुन: सदर भएको छ ।’
अघिल्लोपटक बसेको बैठकले बहुमतको निर्णयबाट पुच्छारमा रहेको ‘स्वतन्त्र’ शब्द हटाएको थियो । ‘स्वतन्त्र’ शब्द हटाउने निर्णयको मजदुर नेता खिलानाथ दाहाल र पुष्कर आर्चायको समूहले विरोध गर्दै आएको थियो । यसअघि नामको पुच्छारमा रहेको ‘स्वतन्त्र’ शब्द हटाउने निर्णयको १७ जना पदाधिकारी एवं सदस्यले असहमति राखेका थिए । संस्थापन पक्ष अर्थात् अध्यक्ष लक्ष्मण बस्नेत समूह पुच्छारको ‘स्वतन्त्र’ शब्द हटाउन सक्रिय रहेको छ । शेरबहादुर देउवा समर्थकले भने ‘स्वतन्त्र’ शब्द राख्नै पर्ने अडानमा रहेपछि विवाद हुँदै आएको थियो ।
बैठकले पाँचाँै महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । आन्तरिक विवाद र तयारी नपुगेपछि ट्रेड युनियन कांग्रेसले चैतका लागि तोकेको महाधिवेशन ०७० जेठको ११ देखि १३ सम्म गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन अगाडि चैत महिनासम्म आबद्ध संघ, क्षेत्र र जिल्ला समितिको अधिवेशन सम्पन्न गरेर प्रतिनिधिको नामावली केन्द्रमा पठाउन पनि बैठकले निर्देश गरेको छ । (सौस)

प्रतिक्रिया