महोत्तरीमा शीतलहरबाट दुई जनाको मृत्यु

महोत्तरी, ८ पुस । शीतलहरका कारण अत्याधिक जाडो बढ्दा महोत्तरी जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
चिसोसँगै औरही र भटौलिया गाविमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तराईका जिल्लामा केही दिन यता चिसो बढ्दै आएको छ ।
चिसोले औरही–३ बस्ने ४० बर्षीय विनोद चौधरीको आज विहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आफ्नै घरमा सुतेका बेला मृत्यु भएको थियो ।
त्यसै गरी, शनिबार भटौलिया–४ मा ७५ बर्षीया मिश्री यादवको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया