मादक पदार्थ सेवन पछि मृत्यु

काठमाडौं, ७ पुस । काठमाडौंको जोरपाटीमा मादक पदार्थ सेवन गरी लड्दा रामप्रसाद खतिवडाको आज विहान मृत्यु भएको छ ।
जोरपाटी–३, नयाँबस्तीस्थित डेरा कोठामा रामप्रसाद शुक्रबार राति लडेर घाईते भएका थिए । उनको उपचारका क्रममा आज विहान एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्ला भोटेचौर–८ घर भएका ३० वर्षीय रामप्रसाद मादक पदार्थ सेवन गरी लड्दा आँखा नजिक चोट लागेको थियो ।
२६ वर्षीया पत्नी रमा खतिवडाले उनको हत्या गरेको हुन सक्ने भन्दै नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया