७ सय ८० किलो सुपारी बरामद

झापा, ६ पुस । झापा जिल्लाको ज्यामिरगडीबाट प्रहरीले सात सय ८० किलो अबैध सुपारी बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खट्टिएको प्रहरी टोलीले आज विहान ३ बजे ज्यामिरगडी–८, दालगौडाबाट भारत तर्फ लैजाँदै गरेको अवैध १३ बोरा सुपारी बरामद गरेको हो ।
साईकलमा भारततर्फ लैजाँदै गरेको अवैध सुपारी १३ वटा बोरामा ७ सय ८० किलो रहेको प्रहरीले जनाएको छ । सुपारीसँगै प्रहरीले ६ थान साइकल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई देख्ना साथ सुपारी बोकेका व्यक्तिहरुले सुपारी र साइकल छाडेर भागेका छन् ।

प्रतिक्रिया