म लाई संयन्त्रको संयोजक : दाहाल

काठमाडौं, ४ पुस । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सहमतीय सरकार बने सर्वदलीय संयन्त्रको संयोजक आफू बन्नु पर्ने प्रस्ताव अघि सारेका छन् ।
एमालेसँग आज काठमाडौंमा भएको गोप्य बार्ताका क्रममा अध्यक्ष दाहालले सरकार सञ्चालन सम्बन्धी सर्वदलीय संयन्त्रको माग गरेका हुन् । संयोजक दिन एमालेले दाहाललाई हरियो झण्डा समेत देखाई दिएको छ ।
उच्च स्रोतका अनुसार अध्यक्ष दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँ नसकिए आफ्नै नेतृत्वमा सरकार बनाउन पनि प्रस्ताव गरेका छन् । यद्यपि सो विषयमा एमालेले सकारात्मक जवाफ दिएको छैन ।
‘मैले झलनाथ खनालजीलाई प्रधानमन्त्री बनाउँदा सहयोग गरे,’ दाहालको अभिव्यक्ति उदृत गर्दै स्रोतले भन्यो, ‘अब मलाई पनि तपाईहरुले सहयोग गर्नुपर्छ ।’
एमालेसँगको बार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री बाबराम भट्टराईले आफूलाई असहयोग गरेको गुनासो समेत गरे । ‘बाबुराम भट्टराईजीले मैले भनेकै मान्नु हुँन्न,’ दाहाललाई उदृत गर्दै स्रोतले भन्यो, ‘मैले उहाँलाई पद छाड्नुस पार्टीको निर्णय छ, सहमतीय सरकार बनाउँ भनेको छु ।’
गोप्य बार्तामा एमाओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता रहेको थियो ।

प्रतिक्रिया