छोरी जलाएको आरोपमा आमा पक्राउ

बर्दिया, ३ पुस । पेट्रोल छर्किएर आगो लगाउँदा उपचारका क्रममा मृत्यु भएकी शिवा हासमीका आमा र दाईलाई प्रहरीले आज बर्दियामा पक्राउ गरेको छ ।
बयान लिने क्रममा बयान नमिले पछि प्रहरीले शिवाकी आमा हसिना हासमी र दाजु सिद्दुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शिवाका छिमेकी आरिफ अहमद राईनले पनि परिवारका सदस्य विरुद्ध उजुरी दिएका थिए ।
११ दिन अघि पेट्रोल छर्किएर आगो लगाउँदा उपचारका क्रममा काठमाडौंमा शिवाको ज्यान गएको थियो ।
शिवालाई आगो लगाएको आरोपमा प्रहरीले भारतीय नागरिक बाबु खानलाई प्रहरी नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया