रासायनिक मलको बिक्री मूल्य परिवर्तन

काठमाडौ : कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको बिक्री मूल्य परिवर्तन गरेको छ ।
सरकारको १२ चैत ०६५ को निर्णयअनुसार भारतमा कायम बिक्री मूल्यको २५ प्रतिशत बढीसम्म आयात बिन्दुमा बिक्री मूल्य कायम गर्नसकिने नीतिअनुसार बिक्री मूल्य कायम गरेको कर्पोरेसनले जनाएको छ ।
भारतको रक्सौल, जोगवनी, नौतनवाको डिएपी मलको बिक्री मूल्य निजी क्षेत्रलाई प्रतिमेट्रिक टन ४१ हजार ६ सयदेीख ५० हजार पाँच सय र संस्थागत बिक्री मूल्य ३३ हजार सात सय ६० देखि ४० हजार तीन सय २० रुपियाँसम्म भएको कर्पोरेसनले जनाएको छ ।
तर पनि औसत बिक्री मूल्य ४० हजार दुई सय ६७ भएकामा २५ प्रतिशत थप गर्दा ५० हजार तीन सय ३३ कायम गनुपर्ने देखिएकाले कृषकलाई कम आर्थिक भार पार्न, सीमापारि हुने अपचलन बन्द गर्ने उद्दश्यले विराटनगर, वीरगन्ज र भैरहवा नाकाको डिएपीको बिक्री मूल्य प्रतिमेट्रिन टन ४५ हजार रुपियाँ कायम गरिएको छ ।
पोटासको हकमा भारतको रक्सौल, जोगवनी र नौतनवाको बिक्री मूल्य २८ हजार आठ सयदेखि ३६ हजार आठ सयसम्म र संस्थागततर्फ बिक्री मूल्य २९ हजार सात सय ६० देखि ३६ हजार एक सय ६० रुपियाँसम्म रहेको छ ।
कर्पोेरेसनले इन्डियन पोटास लिमिटेडलाई कालो सूचीमा नराखेको जनाएको छ । सार्वजनिक लेखा समितिले भारतीय कम्पनीलाई कालोसूचीमा राख्न निर्देशन दिए पनि सप्लायर कम्पनीले आफ्नै खर्चमा नापतौल गरी ५० केजी तौल बनाई कर्पोरेसनलाई बुझाएको र उसलाई तिनुपर्ने ५० करोड रोक्का गरेको हँुदा कालोसूचीमा राख्नु नपर्ने कर्पोरेसनले जनाएको छ ।

प्रतिक्रिया