सिमेन्ट उत्पादन र प्याकिङ मात्रै

हेटौँडा, २ पुस । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगको क्लिङकर उत्पादन बन्द भएको छ ।
उत्पादनको क्रममा किल (भट्टी) को ईट्टा खसेपटि उत्पादन बन्द भएको हो । किल भित्रको ईट्टा खसेपछि आज विहानै देखि उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ ।
दैनिक सात सय ५० टन क्लिङकर निकाल्ने क्षमता रहेको उद्योगले छ सय २५ मेट्रिक टन मात्रै निकाल्दै आएको थियो । भट्टीको ममर्तका लागि दुई दिन लाग्ने भएपछि क्लिङकर उत्पादन बन्द भएको हो ।
क्लिङकर उत्पान बन्द भए पछि उद्योगमा पहिला उत्पादन भएको सिमेन्टको प्याकिङ र बिक्रीको काम मात्रै भएको छ । उद्योगमा सिमेन्टको उत्पादनमा पनि कमी आएको छ ।

प्रतिक्रिया