नेरिक क्वार्टरफाइनलमा

काठमाडौं : आयोजक नेरिक एकेडेमी दोस्रो नेरिक–जेनिथ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शंखमूलस्थित घरेलु कोर्टमा नेरिकले ग्यालेक्सीलाई
२५–११ ले पराजित गर्‍यो । नेरिकका विनोद भण्डारीले ११ अंक जोडे । सिनियर ब्वाइजमै टिआइएले दिव्यज्ञानलाई ३२–२६ र काठमाडौं भ्यालीलाई २५–२० तथा माउन्ट कैलाशले गोल्डेनपिकलाई ३१–२० ले हराए ।
सिनियर गल्र्समा दोहोरो जित हात पार्ने क्रममा टेरेसाले ज्ञाननिकेतनलाई १९–१६ तथा न्यु भिजनलाई १२–१० ले निरास पार्‍यो । अन्य खेलमा ग्यालेक्सीले इनोभेटिभलाई १६–१४, भ्याली पब्लिकले बौद्ध चिल्ड्रेन हेभनलाई ३१–२० तथा माउन्ट कैलाशले ज्ञाननिकेतनलाई २९–२२ ले पन्छाए । (सौस)

प्रतिक्रिया