तीन किलो बेवारिसे सुन फेला

सिन्धुपाल्चोक, १ पुस । सिन्धुपाल्चोकमा सशस्त्र प्रहरी बल लिपिङले आज तीन किलो बेबारिसे सुन फेला पारेको छ ।
भन्सार कार्यालय चेक पोष्टमा नियमित चेकजाँचका क्रममा प्रहरी सुन फेला पारेको जनाएको छ । चेक पोष्टमा चेकजाँचका लागि धेरै प्रहरी खटिएको देखेर तस्करले सुन बेवारिसे छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
चीनको खासाबाट काठमाडौं तर्फ लैजाने क्रममा तस्करले प्रहरीसँग डराएर सुन छाडेर भागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका निरीक्षक सुजनकुमार राजभण्डारीले वताए ।
पछिल्लो समय चीन र नेपालीबीच अवैध सुन तस्करी बढेको छ ।
बुधबार नेपालबाट चीनतर्फ लैजाँदै गर्दा १७ तोला ४४ लाल सुन र एक सय ५२ तोला चाँदी सहित प्रहरीले एक नेपालीलाई पक्राउ गरेको थियो ।
दुई साताअघि चीनको खासाबाट काठमाडौं तर्फ जाँदै गरेको नौ किलो सुन काभ्रे प्रहरीले बरामद गरेको थियो ।

प्रतिक्रिया