हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

चितवन, १ पुस । चितवनको ग्रामिण भेग माडीमा हात्तीको आक्रमणबाट ‘बोट’ दम्पतिको ज्यान गएको छ ।
माडीको गर्दी गाविस वडा नम्वर ९, द्रौपति नगरमा शनिबार राति हात्तीको आक्रमणबाट ६५ बर्षीया बुद्धिराम बोट र उनकी ६० बर्षीया श्रीमती जरोया बोटको मृत्यु भएको हो ।
सुतिरहेको अवस्थामा हात्तीले घर भत्काएर धानको भकारी तोडफोड गर्ने क्रममा बोट दम्पत्ती आक्रमणमा परेका हुन् ।

प्रतिक्रिया