चिसो एक्कासि बढ्यो

काठमाडौं : सफा मौसम र खुला आकाशका कारण काठमाडौं उपत्यकामा चिसो एक्कासि बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनअघि देशको मध्य र पश्चिमी भू–भागमा भएको छिटफुट वर्षापछि काठमाडौंमा चिसो बढेको हो । यसलाई रातमा हुने खुला आकाशले बढावा दिइरहेको छ ।
‘सफा मौसम र रातमा खुला आकाश भइरहेकाले तुषारो पर्दा उपत्यकामा चिसो बढ्दै गएको छ,’ महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले सौर्यसँग भने, ‘यो क्रम अझै केही दिन रहन्छ ।’ शनिबार काठमाडौंको न्यूनतम तापक्रम २.५ सेल्सियस थियो, जुन यस वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम हो ।
अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम रहेको शनिबारको काठमाडौंको अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस थियो । शनिबार डडेल्धुराको न्यूनतम तापक्रम ३.५, दिपायलको ६.७, धनगढीको ९.२, वीरेन्द्रनगरको ५.६, नेपालगन्जको ९.८, जुम्लाको माइनस ५.९, दाङको ८, पोखराको ७.२, सिमराको ९, ताप्लेजुङको ३.४, धनकुटाको ६.५, विराटनगरको १२, जोमसोमको माइनस २, धरानको १४.५ र जनकपुरको १२.२ डिग्री सेल्सियस थियो । (सौस)

प्रतिक्रिया