वनभोज र विवाहको टोलीबीच झडप

कपिलवस्तु, ३० मंसिर । कपिलवस्तु जिल्लामा विवाहको जन्ती र वन भोज खाने टोलीबीच झडप भएको छ ।
बाणगंगा–२, बैजलपुर सपादेउराली मन्दिरमा शुक्रबार दुबै समूहबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झडपमा न्यू भिजन उच्च माध्यामिक बिद्यालय बुटवलबाट बनभोज खान आएका कक्षा ९ मा अध्ययनरत १५ बर्षीय शिशिर थापालाई विवाह टोलीका युवाले गम्भीर घाईते हुने गरेर कुटपिट बनाएका थिए ।
वन भोज खाएर नागचान गरिरहेका विद्यार्थीलाई विवाहको जन्ती आएका युवाहरुले अकस्मात आक्रमण गरेका थिए । दुबै समूहबीच सामान्य विषयमा विवाद भए पछि हानाहान भएको थियो ।
घाईतेलाई शिशिरलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको छ ।

प्रतिक्रिया