डा.यादवद्वारा पुनः सहमितमा जोड

काठमाडौं, ३० मंसिर । राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटबार्ता भएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा सरकारका नियमित कारमकारबाहीका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।
राष्ट्रपति डा.यादवले प्रधानमन्त्री भट्टराईलाई सहमतीय सरकार बनाउन पुनः सुझाव दिए । ‘प्रधानमन्त्रीको हैसियतले तपाईले मुलुकलाई निकास दिनु पर्छ,’ डा.यादवलाई उदृत गर्दै स्रोतले भन्यो, ‘छिटो गर्नुस् बैशाख भित्र जसरी पनि नयाँ निर्वाचन गराउनु पर्छ ।’
जवाफमा प्रधानमन्त्री भट्टराईले आफू सहमतिको प्रयासमा लागीरहेको भन्दै दलहरुका बीच सहमति भए बाधक नबन्ने दोहराए ।
राष्ट्रपतिले प्रमुख दलहरुको आग्रहमा पुनः समय थप गरे लगत्तै प्रधानमन्त्रीले डा.यादवसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया